७ कार्तिक २०७८, आईतवार

काठमाडौं । विमल घर्ती मगरले यो पटक एडिभिजन लिग फुटबल मच्छिन्द्र क्लवबाट खेल्ने भएका छन् । उनले यसअघि उनी थ्री स्टार क्लवबाट खेल्ने चर्चा थियो । तर उनले अन्तिम समयमा आएर मच्छिन्द्र क्लवमा अनुबन्ध भएका हुन् ।

मच्छिन्द्रमा अनुबन्ध भएपछि उनले टिमको जितका लागि आफूले खेल्ने बताए । गत वर्षको ए डिभिजन लिगमा उनले कारवाहीका कारण एक खेल मात्रै खेल्न पाएका थिए । त्यसपछि उनी चोटका कारण एक वर्ष खेल खेल्न सकेका थिएनन् । उनलको कतारमा उपचार गरिएको थियो ।

एक वर्षसम्म घुँडाको उपचार गराएका उनी नेपाल फर्र्किएपछि यु २३ टोलीसँग प्रशिक्षण गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV