७ कार्तिक २०७८, आईतवार
  • ज्याेति कुमार पन्थि

बर्दिया ।

प्लान नेपालको आर्थिक सहयोगमा गेरूवा ग्रामिण जागरण संघ बर्दियाले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा छात्राहरूका लागि महिनावारि स्वच्छन्दता किट हस्तान्तरण गरेको छ ।

आइतबार बर्दिया नगरपालिकाको विभिन्न विद्यालयमा अध्यनरत रहेका छात्राहरूलाई बिपतको समयमा वितरण गर्नका लागि १ सय ४५ थान स्वच्छन्दता ब्यवस्थापन किट हस्तान्तरण गरियको हो ।

हस्तान्तरण गरिएको किटमा टुथपेष्ट, नुहाउने सावन,ब्रस, सेनिटाईजर, स्यानेटरि प्याड, नंकटर, टवेल र महिलाहरूले प्रयोग गर्ने भित्री वस्त्रलगायत १० प्रकारका सामाग्रि रहेको गेरूवा ग्रामिण जागरण संघ बर्दियाकि सुमित्रा पैडेलले बताइन् ।

गेरूवा ग्रमिण जागरण संघले वितरण गरेको सामग्री बुझ्दै बर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारूले गेरूवा ग्रामिण जागरण संघले उपलब्ध गरायको किट बिपतकासमयमा महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV