७ कार्तिक २०७८, आईतवार

जनकपुरधाम ।  २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा महोत्तरीको एक वडामा हारेकाे भनिएको वडाध्यक्षका उम्मेदवार आज विजयी भएका छन् ।

निर्वाचन सकिएको ४ वर्षपछि आज स्वतन्त्र उम्मेदवार रमेश राय मनरासिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पराजित राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

निर्वाचनको मतगणनाका क्रममा दुबै उम्मेदवारको मत बराबर आएको भनेर गोला प्रथाबाट वडाध्यक्ष निर्वाचित गरिएको थियो। र, गोला प्रथाबाट वडाध्यक्षमा चौधरी निर्वाचित भएका थिए ।

तर, निर्वाचन स्वच्छ नभएको रायले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए । निर्वाचन सकिएको ४ वर्षपछि उच्च अदालत जनकपुरको आदेशमा आज पुनः मत गणना गरिएको थियो ।

आज भएको २ मतले राय वडाध्यक्षमा विजयी भएका हुन् ।

२०७४ असोज २ मा भएको स्थानीय तह चुनावमा दुबै जनाले २६७ मत ल्याएको भनिएको थियो । तर, आज भएको मत गणनामा रायले २६८ र चौधरीले २६६ मत ल्याएका छन् । साथै, ९९ वटा मत बदर भएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV