७ कार्तिक २०७८, आईतवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६ सय २५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २२ जना र १ हजार ५ सय ६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ३ हजार ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७७ जना कोरोनामुक्त , ३ को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७७ जना निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६ सय २५ जनाको परीक्षण हुँदा हालसम्म कुल ५० लाख ११ हजार ३ सय ४० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV