७ कार्तिक २०७८, आईतवार

झापा । आइतबार प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुवा मोहनप्रसाद ओलीलाई भेट्न झापा पुगे ।  अध्यक्ष ओली दलबलसहित गृह जिल्ला झापा पुगेका थिए । उनका पछि पछि कार्यकर्ता, कलाकार, स्थानीय र सञ्चारकर्मी देखिन्थे ।

त्यहीँ भीडमा थिए, हास्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बूढा’ । उनले पनि अध्यक्ष ओलीलाई भेटे । त्यसपछि केही बेर गफिए ।

भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा ९ मा रहेको घरमा पुगेर ओलीले बुवासँग केही समय भलाकुसारी गरे ।

मोहनप्रसादले सञ्चारकर्मीसँग पनि केहीबारे कुराकानी गरे । सञ्चारकर्मीसँगको कुराकानीमा आफ्नो छोरोले नै आगामी चुनावमा जितेर पुनः ५ वर्ष एकलौटी सरकार चलाउने मोहनप्रसादले दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV