७ कार्तिक २०७८, आईतवार

विराटनगर । प्रदेश-१ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालले आइतबार सुचना जारी गर्दै आगामी कात्तिक १५ गतेसम्मलाई स्थगित भएको जानकारी दिएको छ ।

मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने तयारी गर्नुभएकाे थियाे । तर नेपाली काँग्रेसले फ्लोर क्रस गर्ने सम्भावना बढेको भन्दै प्रदेशसभा बैठक स्थगित गर्न निवेदन परेको थियो ।

नेपाली काँग्रेस प्रदेश- १ ले केन्द्रको निर्णयप्रति असहमति जनाउँदै नेकपा एससँग आधा-आधा कार्यकाल मुख्यमन्त्रीको दावी गरिरहेको छ ।

गत शुक्रबारको प्रदेश सभा बैठकमा मुख्‍मन्‍त्री भीम आचार्यले विश्वासको मत माग्‍दै प्रस्ताव प्रदेश सभामा टेबुल गर्नु भएको थियो । मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजनको कार्यसूची आजै आइसके भएपनि बैठक स्थगित भएकाे हाे।

याे सँगै मुख्यमन्त्री आचार्यको पदावधि बढेको छ । यो अवस्थामै विश्वासको मत लिएको अवस्थामा आचार्यलाई विश्वासको मत पाउने अवस्था अत्यान्तै न्युन रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV