७ कार्तिक २०७८, आईतवार

बिराटनगर । प्रदेश १ मा नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले आजको प्रदेश सभा बैठक स्‍थगित गर्न सभामुख समक्ष माग गरेका छन् ।

दुई दलले बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदिपकुमार भण्डारी त्यसबारे परामर्शमा रहेको जनकारी दिनुभयो । गत शुक्रबारको प्रदेश सभा बैठकमा मुख्‍मन्‍त्री भीम आचार्यले विश्वासको मत माग्‍दै प्रस्ताव प्रदेश सभामा टेबुल गर्नु भएको थियो । मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल र मत विभाजनको कार्यसूची आजै आइसकेको छ।

प्रदेश १ मा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा सरकार टिकाई राख्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिन्‍छ ।

कांग्रेसले संसदिय दलमा छलफल गर्ने र सबैको कुरा राख्ने नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो । अब अगाडि के गर्ने भन्ने विषयमा नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।

प्रमुख प्रतिपक्षीले सदन स्थगित गर्न निबेदन दर्ता गराए पछि प्रमुख प्रतिपक्षीबिना संसद नचल्ने भन्दै आगामी कार्तिक १४ गते सम्मको लागि संसद स्थगित गर्न माग गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो । आज साडे १२ बजे तोकिएको संसद सुरु हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV