७ कार्तिक २०७८, आईतवार

काठमाडौं । फरार सुचीमा रहेकी नेकपा (एमाले)की प्रदेश १ सांसद गुलेफुन खातुन मियाँले मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने भएकी छन् । सांसद मियाँ मुख्यमन्त्री आचार्यले आज लिन लागेको विश्वासको मतका लागि प्रदेशसभामा आउने चर्चा छ ।

कानुनी रुपमा दोसी भएकी उनी हाल पनि प्रहरीको नजरमा भने फरार रहेकाले उनलाई पक्राउ गर्ने मनस्थितीमा मोरङ प्रहरी रहेको पनि बताइएको छ । उनलाई सरकारी कागजात किर्ते गरेको अभियोग लागेको थियो ।

उक्त अभियोगमा उनी अदालतबाट दोषी ठहर समेत भएकी छिन् । त्यसपछि उनी फरार रहेकी छन् । उनलाई प्रहरीले खोजी गर्दै आएको थियो ।

उनी प्रदेशसभामा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन आउने भन्ने चर्चापछि मोरङ प्रहरी ‘हाइ अलर्ट’मा रहेको छ । सांसद मियाँलाई सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV