७ कार्तिक २०७८, आईतवार

काठमाडौँ । गत हप्ता बेमौसमी वर्षातसँगै मुलुकका विभिन्न भागमा आएको बाढी–पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । साथै अहिलेसम्म ३४ जनाको अवस्था रहेको छ ।

सो क्रममा प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार उक्त बाढी–पहिरोका कारण प्रदेश– १ मा ६९ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । यसैगरी कर्णाली प्रदेशमा ७ जना र लुम्बिनीमा ४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी बेमौसमी वर्षातको बाढी–पहिरोका कारण सडक तथा पुलहरुमा १ अर्ब ५ करोड बराबरको क्षति भएको सडक विभागले जनाएको छ । विभागले प्रारम्भिक विवरण अनुसार कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले उक्त क्षति भएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV