७ कार्तिक २०७८, आईतवार

सिन्धुपाल्चोक । नेकपा (एमाले) को शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन भयो । अधिवेशनमा फरक दलका नेताहरूलाई समेत कमिटीमा राखिएको पाइएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता रुद्रप्रसाद सापकोटा एमालेको वडा अध्यक्ष चयन भएका छन् । उनले शनिबार नै एक वक्तव्य जारी गर्दै एमालेका जिम्मेवार व्यक्तिहरूले आफूलाई बोलाएर काम छ भनी वडाध्यक्ष बनाएको दाबी गरेका छन् ।

एमालेमा आफ्नो आस्था नरहेको भन्दै उनले उक्त पद अस्वीकार गरेका छन् । उनले माओवादी केन्द्रको सदस्यता यसअघि नै नवीकरण गरेको पनि उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV