७ कार्तिक २०७८, आईतवार

काठमाडौं । गायिका समीक्षा अधिकारीले नायक पल शाहसँगको सम्बन्धबारे मिडियाहरुमा चर्चा आएपछि स्पष्टिकरण लेखेकी छन् ।

उनले मिडियामा चर्चा भएजस्तो पलसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै स्पष्टिकरण दिएकी हुन् ।

‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेकी छन्, ‘समाचारमा मेरो र पल जिको सम्बन्धलाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् । जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजि भइरहेको छ । यस्तो नगर्नुहुन अनुरोध गर्दछु।’

त्यस्तैगरी उनले आफू र पलबीचको सम्बन्धबारे आएका टिका टिप्पणीलाई विना श्रोत अफवाह फैल्याउने लेखिएको समाचार भएको बताएकी छन् । यस्ता समाचारले पल र आफू दुवैलाई सामाजिक र चारित्रिक रुपले निकै ठूलो असर पर्ने उनले बताएकी छन् ।

उनले यस समाचारहरुले पुर्याएको असरप्रति परिवार र आफूले खेद प्रकट गरेको पनि बताएकी छन् । उनले भनेकी छन्, यस्ता समाचार र यस्ता कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ।’

उनले पल र आफू एउटै इण्डस्ट्रीमा भएको हिसाबले पल जिले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ जुन माया उहाँले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहने उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ। र, हामिबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौँ । हजुरहरुको मायाँ रहेसम्म सधै राम्रो काम गरिरहने छौँ।’

त्यस्तैगरी उनले आफूहरुबारे आएको चारित्रिक हत्या गर्ने र मानहानी गर्ने किसिमले समाचार बनाइएको उनले बताएकी छन्,’ उनले भनेकी छन्, ‘राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिइन।’

उनले आफू दर्शक र स्रोताको मायाँले यो स्थानमा आइपुगेको बताउँदे आगामी दिनमा कुनैपनि कुरामा निरास नबनाउने प्रतिबद्धतासमेत प्रकट गरेकी छन् । मिडियामा आएको समाचाहरु झुट भएको र उक्त समाचारको पछि नलाग्न उनले सबैमा आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV