७ कार्तिक २०७८, आईतवार

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युइए) र ओमानमा जारी आइसिसी टि ट्वान्टीको सुपर १२ मा चिरप्रतिद्वन्द्वि भारत र पाकिस्ताबीच खेल हुँदैछ । जारी विश्व कपमा दुवै टोलीको यो पहिलो खेल हो ।

समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल बेलुकी ७ः४५ बजे दुबईको मैदानमा शुरू हुनेछ ।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । ०१९ विश्वकप भारत ६ विकेटले विजयी भएको थियो ।

यो खेललाई केबल क्रिकेट खेलका रुपमा मात्र लिइँदैन । भारत र पाकिस्तानबीच पहिलेदेखि नै तनाव हुँदै आएको छ ।

छिमेकी राष्ट्रहरु भए पनि सीमाविवाद नै यी दुई देशको प्रमुख कारक बन्दै आएको छ । राजनीतिक तनाव कम गर्न खेलले सेतुको काम गर्ने भए पनि यो सूत्र भारत र पाकिस्तानबीचको खेलमा लागू हुँदैन ।

यो अर्थमा पनि भारत पाकिस्तानबीचको खेललाई विश्वमै निकै व्यग्रताका साथ चासो दिएर हेर्ने गरिन्छ । तसर्थ यो खेललाई जित हार भन्दा पनि प्रतिष्ठाको लडाइँका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV