७ कार्तिक २०७८, आईतवार
  • जनकबहादुर शाही

हुम्ला । देशभर शनिबारबाट सुरु भएको नेकपा एमालेको वडा अधिवेशन हुम्लामा पनि सुरु भएको छ । ४४ वटा वडा भएको हुम्लामा २० वटा वडाहरू निर्विरोध वडा कमिटी चयन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरिका वडामा भर्चुअल प्रबिधिबाट उद्घाटन गर्ने कार्यक्रम रहेको भएपनि हुम्लामा इन्टरनेटको समस्याका कारण आफ्नै किसिमले वडा अधिवेशन सुरु गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष दल रावलले बताए ।

अहिलेसम्म जिल्लाका ४४ वटा वडा मध्य २० वटा वडामा निर्विरोध नेतृत्व चयन भएको उनले जनाए । जसमा सिमकोट गाउँपालिकाको वडा नंं ५ र ७, खार्पुनाथ १ र २, सर्केगार्डको ३,४,५,७ र ८ चंखेलीको ५ र ६, अदानचुलीको १,२,३,४,५ र ६ र तांजाकोटको १,२ र ३ नम्बर वडा गरि २० वडाको अधिवेशनबाट नेतृत्व चयन भएको छ ।

एमालेको वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिब र २ जना उपसचिब गरि पाँच जना पदाधिकारी र २६ जना सदस्य गरी ३१ सदस्य वडा कमिटी अधिबेशनबाट चयन गर्नु पर्ने प्रावधान अनुसार पहिलोपटक नेकपा एमालले आफ्नो विधानमा व्यवस्था भए बमोजिम ३३ प्रतिशत महिनालाई समेटेको छ ।

एमालेले एकै दिन देशभरका ६ हजार सात सय ४३ वडाहरूमा अधिवेशन सुरु गरेको हो । सोहीअनुसार हुम्लाका २० वडामा अधिवेशन सम्पन्न भएको र २४ वडामा पनि एक दुई दीन मै अधिबेशन सम्पन्न हुने अध्यक्ष रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV