७ कार्तिक २०७८, आईतवार

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई सानदार जित दिलाउनको लागि फिल फोडानले उत्कृष्ट प्रदर्शन गरे । उनले दुई गोल गर्नुका साथ अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए ।

सिटीले इल्के गुन्डोगनको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो । २८औं मिनेटमा फोडानले सिटीको अग्रता दोब्बर बनाए । ३१औं मिनेटमा फोडानले अर्को गोल थपे ।

८१औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गरेको गोलबाट ब्राइटनले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन । इन्जुरी समयमा फोडानको पासमा रियाद माहरेजले अर्को गोल थपेपछि सिटीले महत्त्वपूर्ण तीन अंक पक्का गरेको हो ।

जितपछि सिटीले नौ खेलबाट २२ अंक जोडेको छ । जुन शीर्ष स्थानका चेल्सीभन्दा दुई अंकले कम हो भने तेस्रो स्थानको लिभरपुलभन्दा दुई अंकले अगाडि हो । लिभरपुलले आज छैटौं स्थानको म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दैछ । ब्राइटन भने १५ अंकका साथ चौथो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV