६ कार्तिक २०७८, शनिबार
  • ज्योतिकुमार पन्थि

बर्दिया । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्थापनाको १७ वर्ष पूरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा शनिबार बर्दियाको भुरिगाउँमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञ डा. शाफिया समिम शेष, डा. स्वयता साह, जनरल फिजिसियन, डा. शंकर केसी र मेडिकल अधिकृत संकल्प सिग्देललगायतको टिम शिविरमा पुगेका थिए ।

शनिबार सञ्चालित उक्त शिविरमा मुटु, छाला महिलाहरूको पाठेघर सम्बन्धि जाच गरियको थियो भने उक्त कार्यक्रममा २ सय २५ जनाले सेवा लिएको सांग्रिला बिकास बैक खजुरा शाखाका प्रमुख कैलास खडकाले जानकारि दिनु भयो ।

बैंकको वार्षिक उत्सवका अवसरमा बैंकले आखा जाच शिविर र विद्यालयमा बित्तिय शाक्षरता कार्यक्रम समेत सञ्चालन गर्ने कार्यक्रम तय भयको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV