६ कार्तिक २०७८, शनिबार
  • तारा आचार्य

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ ।

२९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४९, कटहरीमा २, बुढीगंगा र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १४, धरानमा ९, झापाकोे विर्तामोड र मेचीनगरमा २–२, दमकमा १, उदयपुरको बेलका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२ महिला र ४६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV