६ कार्तिक २०७८, शनिबार

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहा माथि गम्भीर दुव्र्यवहार गर्ने दोषीलाई कानुनी कार्वाही गर्न सरकारले अघि बढाएको प्रक्रियालाई नेपाली कांग्रेस स्वागत गरेको छ ।

शनिबार कांग्रेस प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सभ्य समाज बनाउन सबैको कर्तव्य रहेको र दुव्र्यवहार गर्ने सरकारको कदमलाई स्वागत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथिति विरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजि गर्नु हामी सबैको कर्तव्य हो । तर कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन । यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कार्वाहीको बिषय बन्दछ।’

जनकपुरको घटनाले नेपाली इन्जिनियरहरु, कर्मचारीहरु र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको पनि विज्ञप्तिमा उल्लेख छ । सहकर्मी उपर गम्भीर दुव्र्यवहार हुँदा इन्जिनियरहरु आक्रोशित र आन्दोलित हुनु स्वभाविक रहेको पनि बताइएको छ ।

 

 

LIVE TV