६ कार्तिक २०७८, शनिबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार ९ सय ७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ३८ जना र १ हजार ९ सय ५९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २ हजार ५ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८१७ जना कोरोनामुक्त , ८ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय १७ जना निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८६ हजार ६ सय ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९ सय ३१ जनाको परीक्षण हुँदा हालसम्म कुल ५० लाख ५ हजार २ सय ७९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV