६ कार्तिक २०७८, शनिबार

एजेन्सी । इजरायली प्रधानमन्त्री नफ्ताली बेनेटले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटका छन् । उनीहरुबीचको भेट करिब पाँच घण्टा चलेको जनाइएको छ ।

दुई नेताहरु बीचको भेट रुसको सोची सहरको ब्ल्याक सी रिसोर्टमा भएको थियो। इजरायलको प्रधान मन्त्री कार्यालयको तर्फबाट एक बयान जारी गरी यस बैठकको बारेमा जानकारी दिएको छ।

प्रधानमन्त्री कार्यालयले भने,’बैठक सकारात्मक थियो, जसमा दुई देशहरुबीचको सम्बन्धको महत्वपूर्ण मुद्दाहरुमा छलफल भएको थियो।’

बयानमा भनिएको छ, ‘केही समय अघि सोचीमा प्रधानमन्त्री नफ्ताली बेनेट र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच पाँच घण्टाको बैठक समाप्त भयो। यसमा द्विपक्षीय सम्बन्ध सम्बन्धी धेरै महत्वपूर्ण मुद्दाहरुमा छलफल भएको थियो।’

बैठकपछि दुबै नेताहरु रिसोर्टको टेरेसमा आए र त्यसपछि नजिकैको सडकहरुबाट समुद्र तट तर्फ निक्लिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV