६ कार्तिक २०७८, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी र प्रतिगामी पाँच दलीय गठबन्धन भएको आरोप लगाएका छन् ।

शनिबार पार्टीको वडा कमिटीको अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट गर्न थापाथलीस्थित केन्द्रीय कार्यालयमा उपस्थित भई मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू नेतृत्वको सरकारले महान् उद्देयश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको आरोप लगाए ।

उनले भने, ‘पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउँमा सेवा गर्ने ?’

कार्यक्रममा ओलीले गठबन्धनबाट बनेको सरकार दिशाहीन, जनविरोधी सरकार रहेको पनि आरोप लगाए । साथै, गठबन्धनले मुलुकलाई अस्थिरतामा धकेल्न खोजेको पनि उनले बताउ ।

अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै भएको भन्दै उक्त कदम प्रतिगामी बाटो भएको ओलीको भनाइ छ । साथै, अहिले भइरहेका सरकारका गतिविधिहरु प्रतिगामी भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV