६ कार्तिक २०७८, शनिबार

एजेन्सी । टी–२० विश्वकप भारत र पाकिस्तानबीच भोलि २४ अक्टोबरमा खेल्दैछ । दुबै टिमको यो विश्वकपको पहिलो खेल हो ।

टी–२० विश्वकपको समूह २ मा भारत र पाकिस्तान रहेका छन् । यस समूहमा अफगानिस्तान, न्युजिल्याण्ड, स्कटल्याण्ड र नामिबियाका टिमहरु पनि सामेल छन् ।

विश्वकपको सुरुवातमा दुवै टोलीलाई जित्न आवश्यक छ । खेल नजिकिएसंगै टोलीको तुलना र नतिजाको प्रभावको चर्चा सुरु भएको छ । अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हगले पाकिस्तानी टीमको लागि यो खेल जित्नु कति महत्वपूर्ण छ भनेका छन् । यदि त्यसो भएन भने यसको असर के हुन सक्छ ?

ब्राड हगले भने, ‘यदि पाकिस्तान पहिलो खेल हार्यो भने, यो आफ्नो गति फिर्ता गर्न सक्षम नहुन सक्छ र यो सेमीफाइनलको लागि गाह्रो हुनेछ ।’
उनले आफ्ना युट्युब च्यानलमा पूर्व भारतीय क्रिकेटर दीप दासगुप्तासँग कुराकानीको क्रममा यी कुराहरु भने।

दुवै टोलीलाई लिएर विभिन्न किसिमका विश्लेषण भइरहेका छन् । केहि विशेषज्ञहरु भारतीय टीमलाई माथिल्लो हात बताइरहेका छन्, भने केहि भन्छन ‘पाकिस्तान सही रणनीतिसंग खेल्नेछ, र भारतलाई हराउन सक्छ।

ब्राड हगले भने, ‘यदि भारतीय टीमले पाकिस्तानलाई हरायो भने उनीहरु सजिलै सेमिफाइनलमा प्रवेश गर्नेछन् तर पाकिस्तानको अर्को दुई दिनमा न्युजिल्याण्ड बिरुद्धको खेल हुनेछ, जसमा उनीहरुलाई पुनरागमन गर्न गाह्रो हुनेछ ।’

उनले भने, ‘पहिलो खेलमा हार वा जितले पाकिस्तानी टोलीलाई ठूलो अर्थ राख्छ । यदि उनीहरु हारे भने उनीहरुसंग न्युजिल्याण्ड बिरुद्ध खेल्नु भन्दा पहिले नै उनीहरुको मनोबल बढाउने समय कम हुनेछ।’

जे होस्, ब्राड हग भारत र पाकिस्तान दुबैलाई सेमीफाइनलको सूचीमा राख्छन्। उनका अनुसार समूह २ बाट भारत र पाकिस्तान समूह १ बाट वेष्ट इन्डिज र इंग्ल्याण्ड सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV