६ कार्तिक २०७८, शनिबार

धनगढी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले २/२ पटक संसद पुर्नस्थापना भइसकेको अवस्थामा अर्ली इलेक्सनको कुरा गर्न नसुहाउने बताउनुभएको छ ।

वरिष्ठ नेता पौडेलले अहिले अर्ली इलेक्सनमा जाने कुरा विरोधाभासपूर्ण रहेकाे भन्दै उहाँलेअर्ली इलेक्सन असम्भव भएको बताउनुभएको हो ।

बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि धनगढी पुगेका वरिष्ठ नेता पौडेलले संसद पुर्नस्थापनाको मुद्दा अर्ली चुनावका लागि नभएको उल्लेख गर्नुभएको हो ।

नेता पौडेलले संसदले पूरा कार्याकाल काम गर्न पाउनुपर्ने धारणा राख्दै समय नपुग्दै संसद विघटन गरी चुनावमा जान सम्भव नभएको धारणा राख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV