६ कार्तिक २०७८, शनिबार
  • सुरेश भट्ट

कञ्चनपुर । सुदुरपशि्चम तथा अन्य प्रदेशमा बाढीबाट विस्थापित भएका किसानलाई सरकारले सर्वप्रथम राहतको प्याकेज लिएर किसानको समस्या समाधान गर्ने कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बडुले बाढीबाट विस्थापित भएका परिवारलाइ सरकारले छिटोभन्दा छिटो राहतको व्यवस्था गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयाे, ‘बाढीले पुनर्निर्माण तथा धेरै जसो क्षेत्रमा क्षति गरे पनि हाल किसानको अन्नबालीमा गरेको क्षतिको समस्या सबैभन्दा बढी मार्मिक छ । यो किसानको दैनिकीसँग सम्बन्धित भएकाले यसको समाधानका लागि सरकारले पहल गर्नेछ ।’

उक्त कार्यक्रममा बोल्दै पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले बाढी-पीडितका लागि सरकारले आउने क्याबिनेटबाट कुनै पनि हिसाबले ठोस निर्णय गरेको सुन्न पाउनेमा आशा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV