६ कार्तिक २०७८, शनिबार
  • सुरेश भट्ट

कञ्चनपुर । नेपालमा वि.सं. १९६८ देखि सुरु भएको जनगणनाको १०औँ गणनाको तथ्याङ केही महिनामै सार्वजनिक हुनेछ ।

२०७८ सालमा मा सार्वजनिक हुने नेपालको जनगणनामा विगतका वर्षहरूकाे भन्दा केही थप प्रश्न थपी बृहत् बनाएको राष्ट्रिय जनगणना विभागका उप-महानिर्देशक डा. हेमराज रेग्मीले बताउनुभएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मिडिया एक्सन नेपालले आयोजना गरेको जनगणनासम्बन्धी मिडिया सचेतना कार्यक्रममा बोल्दै महानिर्देशक रेग्मीले अहिले आउने जनगणनाको प्रश्नावलीमा १० प्रश्नहरु थपिएको बताउनुभयाे । उहाँले छिमेकी राष्ट्र भारतसँग तुलना गर्ने हो भने नेपालकाे यो जनगणनाभन्दा धेरै बृहत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘अघिल्लाे पटक हामीले परिवारको मात्रै गणना गरेका थियाैँ । तर हाल घरको समेत गणना गरिँदैछ । र, सेवा-सुविधाको पहुँचकाे अवस्था पनि गणनामा समेटिएकाे छ ।’

त्यसै गरी उक्त कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष डाक्टर लक्ष्मण दत्त पन्तले जनगणनाको समयमा सञ्चार माध्मयमा आबद्ध सञ्चारकर्मीले जनगणनाको विषयक रिपोर्टिङ कसरी गर्ने र जनगणनामा सञ्चार क्षेत्रको भुमिका बारे छलफल समेत गरेका छन् ।

कार्यक्रम सुदूरपश्चिम प्रदेशभरिका विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीसँग जनगणना सम्बन्धी विभिन्न विषयमा छलफल गरी सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV