६ कार्तिक २०७८, शनिबार

काठमाडौँ । श्रीलंका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको समूह विजेता बन्दै सुपर १२ मा प्रवेश गरेको छ।

नेदरल्यान्ड्लाई हराउँदै श्रीलंका समूह विजेता बनेको हो ।

शुक्रबार राति सारजाहमा सम्पन्न भएकोखेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंकासमूह विजेता बनेको हो। श्रीलंकाले समूहको तीनवटै खेलमा जित हात पार्यो।

नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो। नेदरल्यान्ड्ले १० ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन बनाएको थियो ।

श्रीलंकाको जितमा कुशल परेराले अविजित ३३ रन बनाए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV