५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । नामिबिया पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर–१२ मा प्रवेश गरेको छ ।

कप्तान ग्रेहार्ड इरासमुसले उत्कृष्ट प्रदर्शनीमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै शुक्रबार दुबईस्थित सारझा क्रिकेट स्टेडियममा नामिविया सुपर–१२ मा प्रवेश गरेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २५ रन बनाउन सफल भएको थियो । एक सय २५ रनको लक्ष्य पाएको नामिवियाले कप्तान इरासमुसले ५३ रनको अर्धशतकीय पारी खेल्दा आयरल्यान्डमाथि ८ विकेटको जित निकाल्यो ।

नामिबियाका लागि डेभिड विसले २८ रन बनाउँदा जेन ग्रिनले २४ रनको योगदान पुर्याए । यस्तै, बलिङतर्फ आयरल्यान्डका लागि कुर्टिस कास्फरले दुई विकेट लिएका थिए ।

बलिङमा नामिवियाका जानले तीन विकेट लिए । एक सय एक रन हुँदा मात्र चार विकेट गुमाएको आयरल्याण्डले त्यसपछि स्कोरबोर्डमा अरु २० रन जोड्दा थप चार विकेट खेर फालेको थियो ।

आयरल्याण्डलाई हराएको नामिविया समुह ए अन्तर्गत तीन खेलमा चार अंक बटुल्दै सुपर १२ मा पुग्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV