५ कार्तिक २०७८, शुक्रबार
  • प्रेम सुनार

गुल्मी । शुक्रबार गुल्मीको चन्द्रकोट गाउँपालिकाको विद्युत उत्पादन गर्ने ड्याममा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजार बस्दै आएकी ६५ वर्षिया रत्नकला आचार्यको शव सोही पालिका–६, हेरवास्थित लघुवित्तको ड्याममा डुबेको अवस्थामा शव फेला परेको हो ।

बिहीबार देखि घरबाट हराएकी उनलाई खोजी गर्ने क्रममा उक्त स्थानमा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार घरमा श्रीमान श्रीमति बस्ने गर्दथे ।

उनीहरुको पुर्खेयौली घर बाग्लुङ्ग बरेङ्ग गाउँपालिका–३ मा हो । यो सहित लुम्बिनी प्रदेशमा पछिल्लो ५ दिनमा ५ जनाको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ ।

LIVE TV