५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा नेपालका लागि  ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

प्रमाणपत्र पेश गर्नेहरुमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टो, इटालीका भिन्चेञ्जो डि लुक्का, माल्टाका रुबिन गाउची र दक्षिणअफ्रिकाका जोएल सिबुसिसो एन्डेबेले रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV