५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । नेपाली मुलका इटालियन खेलाडी विकाश मेराग्लिया च्यासल युथ क्लबमा अनुबन्ध भएका छन् । शुक्रबार क्लबमा अनुबन्ध भएका विकाशले २०७८ को सहिद स्मारक ए डिभिजन लिग खेल्दै छन् ।

६ वर्षकै उमेर एक इटालीयन दम्पतीले धर्मपुत्र बनाएर लगेका उनले फुटवल खेल्नै नेपाल आएको बताएका छन् । साथै, उनले नेपालमा बसेर फुटबललाई नयाँ गति दिलाउने पनि आशा देखाए ।

साथै, उनले १३ वर्षदेखि नेपाल आउने धोको पूरा भएको पनि बताएका छन् ।

को हुन्, विकास ?
६ वर्षको उमेरमा अर्थात् सन् २००८ मा विकासलाई एक इटालीयन दम्पतीले धर्मपुत्रमा रुपमा लगेका थिए । आज विकास इटालीबाट जन्मथलो नेपाल फर्केको ठ्याक्कै १३ वर्ष पुगेको छ ।

सानैदेखि फुटबलमा सौखिन विकास इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका थिए । उनले इटालीको यु–१६ टोलीबाटसमेत खेलिसकेका छन् भने इटालियन युथ फुटबलमा विकासको खुबै चर्चा छ ।

इटालीमा रहँदा एटलान्टा र भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट विकासले खेल खेलिसकेका छन् ।

अब उनको खेल कार्तिक २९ गतेदेखि सुरु हुने ए डिभिजन लिगमा देखिने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV