५ कार्तिक २०७८, शुक्रबार

चितवन । चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेसनमा ५ लाख जनता आउने आयोजकले जनाएको छ ।

मंसिर १० देखी १२ गतेसम्म हुने महाधिवेसनको उद्घाटन सत्रमा देशभरीबाट ५ लाखजना सहभागी हुने नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष आनन्द पोखरेलले बताए ।

आज चितवनको भरतपुरमा आयोेजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अधिवेसनको बन्द सत्रमा ३ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने बताए ।

चितवनमा हुने महाधिवेसनले एकताको सन्देश दिने र आगामी निर्वाचनमा एमाले एक्लै भएपनि बामगठबन्धनको भन्दा राम्रो मतपरिणाम ल्याउने पोखरेलको दावी छ ।

अधिवेसनको बेला पार्टीको तर्फबाट कसैसँग चन्दा मागेर आतंकित नपार्ने प्रष्ट पार्दै उनले स्वईच्छाले आउने सहयोग पार्टीले स्विकार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV