५ कार्तिक २०७८, शुक्रबार

कालिकोट । आइतबार देखिको अविरल वर्षापछि पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग आजबाट खुलेको छ ।

नेपाली सेना, सशत्र प्रशरी, जनपद प्रहरी, सडक डिभिजन कार्यालय जुम्ला र स्थानीय तहको सकृयतामा कर्णाली राजमार्ग अन्र्तगत पिलिमा गएको पहिरो हटाएपछि राजमार्ग खुलेको हो ।

पिलिमा आएको ठुलो पहिरो हटाउन प्रदेश सशत्र प्रहरी कार्यालयबाट हेलिकप्टर मार्फत डिल मेसिन मगाइ ठुला ढुंगा फुटालेर सडक संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले बताउनु भयो ।

सडक संचालनमा आएपछि रोकीएका यातायातका सवारी साधनहरु आआफ्नो गन्तब्य तिर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV