५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैँले कानून उल्लंघन गरेपछि न्यायपालिकाको वर्तमान र भविष्यप्रति चिन्ता बढेको पूर्वन्यायाधीश फोरम, नेपालले विश्लेषण गरेको छ ।

शुक्रबार १६ बुँदे विज्ञप्तिमार्फत् पूर्वन्यायाधीश फोरमले मुलुकको न्यायिक प्रक्रियालाई संविधान र कानूनबमोजिम व्यवस्थित गर्ने जिम्मेवारी पाएको प्रधानन्यायाधीशबाटै कानून उल्लंघन हुनुमा न्यायापालिकाको वर्तमान र भविष्यमाथि गम्भीर चिन्ता उत्पन्न भएको विश्लेषण गरेको छ ।

मुख्यतः प्रधानन्यायाधीशले देउवा सरकारमा भाग लिएको विषयले अहिले न्यायलय तरंगित भएको छ । प्रधानन्यायाधीश जबराले यस विषयमा आएका समाचार भ्रामक भएको भनिए पनि जेठान गजेन््द्र हमालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका थिए ।

तर, पछि चौतर्फी विरोध भए पछि उनले पदबाट राजीनामा दिएका थिए । यसरी हमालको मन्त्रिपरिषद्मा प्रवेश र राजीनामाले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको पनि फोरमको विश्लेषण छ ।

फोरमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’

प्रधानन्यायाधीश र दलहरूबीच भागबन्डाको कुरा बाहिरिनु र त्यसलाई बल पुग्नेगरी भएका क्रि

याकलापले न्यायपालिकाप्रति जनआस्था गम्भीर खतरामा परेको पनि पूर्व न्यायाधीश फोरमको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV