५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । नेपालमा पहिलो पटक माउन्टेन गाईड सर्टिफिकेसनको इन्टरनेसनल्ली ‘ब्रिज कोर्स’ सुरु भएको छ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ (एनएनएमजिए) ले नेपालमा पहिलोपटक माउन्टेन गाईड सर्टिफिकेसनको ब्रिज कोर्सको सुरुवात गरेको हो । सन् २००५ मा स्थापना भएको संघले सन् २०१२ मा इन्टरनेसनल फेडेरेसन अफ माउन्टेन गाइट एसोसिएसन (आइएफएमजिए) को सदस्यता प्राप्त गरेको थियो ।

आइएफएमजिएको सदस्यता पाएको संघले माउन्टेन, आस्पिसन्ट गाइड तालिम पहिलो, दोस्रो र तेस्रो गरि तीन चरणमा तालिम प्रदान गर्दै आएको थियो ।

हाल पहिलोपटक सुरु गरिएको ब्रिज कोर्समा तीन जनाले सहभागिता जनाएका छन् । तालिममा नेपालबाट त्सेवाङ नामग्याल, भारतबाट कर्ण आदित्य कौसिक र दार्जिलिङबाट मिन्जुर दोर्जे शेर्पा सहभागी छन् ।

प्रशिक्षकतर्फ प्रमुख प्रशिक्षकका रुपमा निरेन शाही र रितेन जाङ्बु शेर्पा रहेका छन् । तालिम मनाङ जिल्लाको ५ हजार उचाइमा रहेको काङलाममा हुनेछ ।

तालिममा सहभागी भएका उनीहरुलाई सबैलाई संघका महासचिव छिरिङ् जाङ्बु शेर्पाले बिहीबार शुभकामनासहित बिदाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV