५ कार्तिक २०७८, शुक्रबार

काठमाडौँ । यति एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान अनुमति (एओसी) पाएको छ । निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यति एयरलाइन्सलाई बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एओसी प्रदान गरेको हो ।

प्राधिकरणले हालका लागि यती एयरलाई चार्टर्ड र ननसेड्यूल उडानमा मात्र एओसी प्रदान गरेको हो । यससँगै अब यति एयरले दक्षिण एसिया तथा दक्षण–पूर्वी एसियाली मुलुकमा चार्टर्ड र ननसेड्यूल उडान गर्ने जनाइएको छ ।

अब नेपालबाट एओसी पाउने एयरलाइन्स संख्या ५ पुगेको छ । मुलुकको एकमात्र सरकारी वायुसेवा नेपाल एयरलाइन्स र निजी क्षेत्रको हिमालय एयरलाइन्सले हाल अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । यसैगरी निजी क्षेत्रकै बुद्ध एयर र श्री एयरलाइन्सले पनि एओसी पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV