४ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ ।

बिहीबार (आज) बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको आगामी १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

नेकपा एमालेको १० औँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म हुने तय भएको थियो । यद्यपी ठाउँको बारेमा भने आज मात्रै निर्णय भएको हो ।

यसअघि बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV