४ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । सहकारी ठगी अभियोगमा पक्राउ परेका इच्छाराज तामाङविरूद्ध संगठित अपराधमा अनुसन्धान सुरु गरिएको छ ।

ठगी अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष तामाङविरूद्ध संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान थालिएको हो ।

संगठित अपराध ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई तामाङसहित पक्राउ परेका १२ जनामाथि थप अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार उनीहरुलाई १८ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । संगठित अपराध अन्तर्गत ६० दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ।

तीन वा त्योभन्दा बढी व्यक्तिहरू संलग्न भएर हुने आर्थिक अपराधलाई संगठित अपराध ऐन आकर्षित गरेर अनुसन्धान गरिने गरिएको छ।

तामाङसहित १२ जनाविरूद्ध ११२६ जनाले जाहेरी दिएका छन्। तामाङविरुद्ध ७० जना निक्षेपकर्ताको ४६ करोड बढी ठगी गरेको उजुरी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV