४ कार्तिक २०७८, बिहीबार

एजेन्सी । मुम्बईको एक विशेष एनसीबी अदालतले लागुऔषध मुद्दामा आर्यन खानको न्यायिक हिरासत अवधि  ३० अक्टोबर सम्म बढाएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार खानको साथमा अरबाज व्यापारी र अन्य आठ अभियुक्तको न्यायिक हिरासत पनि ३० तारिख सम्म बढाइएको छ। उनले उच्च अदालतबाट राहत पाएनन्, । त्यसैले उनी ३० अक्टोबरसम्म जेलमा बस्नु पर्ने हुन्छ।

आर्यन खानको जमानत याचिकाको मुम्बई उच्च अदालतमा २६ अक्टोबरमा सुनुवाई हुने छ। आज शाहरुख खान आर्यनलाई भेट्न मुम्बईको आर्थर रोड जेल गएका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV