४ कार्तिक २०७८, बिहीबार
  • सुरेश भट्ट

कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्षाका कारण विस्थापित भएका  सुदूरपश्चिमका बाढी पीडितको समस्या बारे काठमाडौंमा पुगेर सम्बोधन गर्ने बताउनु भएको छ ।

बिहीवार कञ्चनपुर दोधारा चाँदनी नगरपालिका वडा नम्बर ९ अम्बिका उच्च माविमा बाढीले क्षति गरेको स्थलको निरीक्षण गर्न आउनु भएका प्रधानमन्त्री देउवाले बाढी पीडितको समस्या काठमाडौं गएर सम्बोधन गर्ने बताउनु भएकाे  हो ।

प्रधानमन्त्री देउवाले नेपालमा बाढीले क्षति गरेको ठाउहरुको क्षतिको मूल्यांकन गरी उनीहरुको समस्याको सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीले क्षति गरेका पीडित स्थानीयवासीले सरकारबाट आफुहरुले राहत र क्षतिपूर्तिको आशा गरेको बताए ।

प्रधानमन्त्री देउवाले दोधारा चाँदनीमा बाढीले गरेको क्षतिको मूल्याकन गरी तटबन्ध निर्माण र स्थानीयवासीको समस्याको समाधान गर्ने आश्वासन दिएको दोधारा चाँदनी नगरपालिकाका मेयर बीर बहादुर सुनारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV