४ कार्तिक २०७८, बिहीबार

काठमाडौं । गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक ९ देखि १६ गतेसम्म आयोजना गर्ने भएको छ । नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहको स्मृतीमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले राष्ट्रिय टेनिस प्रतियोगिता आयोजना गर्ने भएको हो ।

वीर गणेशमानको आदर्श, मूल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्तासम्म पु¥याउँदै विभिन्न खेलहरुको आयोजना गर्ने उद्धेश्य अनुरुप टेनिस पनि आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस अघि एथलेटिक्स र बक्सिङ्ग आयोजना गर्दै आईरहेको थियो । यस पटक टेनिसलाई पनि समावेश गरिएको बताइएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथिको एकल र युगल तथा ६५ वर्ष माथिको एकल र जुनियर तर्फ यु – ८, ९, १०, १२, १४ र खुला छात्र तथा छात्राको विधामा करिव ४ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाए।

आयोजका अनुसार सातदोवाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगिताको लागत करिब २० लाख रहेको छ । जसमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफीका साथ पुरुष तथा महिला एकल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार, युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार, पुरुष एकल ३५ वर्ष माथिका शिर्ष तीनले नगद ४०, २० र १० हजार, युगलले २५, १५ र १० हजार, ४५ वर्ष माथि एकल तर्फका शिर्ष तीनले ३०, १५ र ५, युगल तर्फ २०, १०, १० हजार, ५५ वर्ष माथि एकलले २० हजार, १० हजार र ५ हजार तथा युगलमा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ वर्ष माथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने छन् ।

यस्तै जुनियर विधामा विजयी खेलाडीहरुलाई गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV