४ कार्तिक २०७८, बिहीबार
  • रामगोपाल तमखु

भक्तपुर । स्रोत नखुलेको ८० लाख नगदसहित एक जना पक्राउ परेका छन् ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको वि.पी.बाल आखाँ,कान, नाक अस्पताल नजिकबाट प्रहरीले बुधवार राती स्रोत नखुलेको ३०लाख रुपैया नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

बाग्लुङ गल्कोट नगरपालिका १० पाण्डवखानी स्थाई घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं.३२ कोटेश्वर बस्ने बर्ष ३६को चित्र बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोत नखुलेको ठुलो परिणामको रकम बोकी हिडिरहेको बिशेष सूचनाको आधारमा पुनलाई आँखा अस्पताल नजिक सुरक्षा चेकजाँचका क्रममा बा४९प ८५६५ नं.को स्कुटरको डिकी भित्र नगद रु ३०लाख रुपैंया लुकाई छिपाई बोकी हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा पुनले आफ्नो कोठामा थप ५० लाख नगद लुकाइ राखेको भन्ने खुल्न आएपछि प्रहरीले कोटेश्वर स्थित उनको कोठामा छापामारी थप ५० लाख बरामद गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

पुनले कैरकानुनी काम गर्ने गरेको थम अनुसन्धानबाट खुल्न आएको प्रनाउ गिरीले बताउनु भयो । पुनलाई बरामद भएको नगद र स्कुटरसहित थप अनुसन्धानका लागि सम्पति शुद्धिकरण विभाग पुल्चोक ललितपुर पठाएको प्रनाउ गिरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV