४ कार्तिक २०७८, बिहीबार
  • तारा आचार्य

विराटनगर । सोमबार देखीको अविरल बर्षाका कारण अवरुद्ध भएको सुनसरीको दुहबी स्थित नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रीड करिब ७२ घण्टा पछि संचालनमा आएको छ ।

बिहीवार दिउसो देखि मर्मत सम्भार गरी ग्रीड संचालनमा आएको हो । अविरल वर्षाका कारण ग्रीड र स्वीचिङ स्टेशन डुबानमा पर्दा पूर्वमा विद्युत प्रसारण अवरुद्ध भएको थियो ।

ग्रीडमा पानी पसेपछि दुहबी सबस्टेशनलाई बाईपास गरेर झापा लगायत पूर्वका जिल्लाहरुमा विद्युत प्रसारणलाई नियमित गरेपनि मोरङ र सुनसरीमा तीन दिन सम्म विद्युत प्रवाह अवरुद्ध भएको थियो ।

ग्रीडको पानी घट्दै गएपछि स्वीचिङ स्टेशनलाई ड्रायरले सुकाएर विद्युत सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । उहाँले पटक पटक दुहबी ग्रीडमा पानी जम्ने र विद्युत प्रवाहमा समस्या देखिएकोले स्वीचिङ स्टेशनलाई दोश्रो तल्लामा सार्ने गरी योजना बनाइएको बताउनु भयो ।

डुबानका कारण दुहबी ग्रीडमा भौतिक क्षति नभएपनि लगातार तीन दिन सम्म विद्युत अवरुद्ध हुँदा प्राधिकरणलाई लाखौं रुपैया आर्थिक क्षति भएको छ । यसैगरी विद्युत अभावमा सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु संचालनमा कठिनाई भएको छ । विधुत अवरोध हुदाँ भने कार्यालय संचालनमा समेत समस्या आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV