४ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरुभएको छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन सुरु गर्नुभएको छ ।

विधान महाधिवेशनपछि पहिलोपटक एमालेको स्थायी कमिटी बैठक बसेको हो ।

बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ ।

एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ ।

एमालेको राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV