४ कार्तिक २०७८, बिहीबार

धनुषा । सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर घुमाएको छ।

पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी तथा संस्थान जनकपुरका निमित्त प्रमुखलाई कार्यालयबाट निकालेर अर्धनग्न पारेर, हिलो दलेर नगर परिक्रमा गराएका हुन् ।

लगातारको वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै उक्त पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको हो ।

दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले लाठी, फराठासहित गुण्डागर्दी शैलीमा खानेपानी प्रमुखलाई जबरजस्ती सडकमा घिसार्दै, लछार्दै–पछार्दै नगरपरिक्रमा गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV