४ कार्तिक २०७८, बिहीबार

बैतडी । बाढीपहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको ढुंगाड पुग्नुभएको छ ।

प्रधानमन्त्री देउवाले बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा बाढी र पहिरोले पुर्‍याएको क्षतिको अवस्थाको स्थलगत निरीक्षण गर्नुभएको हो ।

बिहीबार दिउँसो ढुंगाड बस्ती पुगेका पुग्नुभएका देउवाले सरकारले पीडितरुलाई दिनसक्ने राहत र क्षतिपुर्तिको विषयमा भने केही नभनी र्फिर्कएका छन् । प्रधानमन्त्री स्वयम् नै प्रभावित क्षेत्रमा पुगेकोले प्रधानमन्त्रीले जनताका अगाडि नै समाधान तथा राहतका प्याकेजको घोषणा गर्ने जनताले आशा बोकेका थिए, तर प्रधानमन्त्री ज्यू केही नभनी फंिर्कनुभयो एक स्थानीयले बताउनुभयो ।

हेलिकप्टरबाटै प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको उहाँले केही समय पीडितहरुले दिएको ज्ञापनपत्र बुझ्नुभएको थियो । ’प्रधानमन्त्रीसँगै अर्थमन्त्री जर्नादन शर्मा, संस्कृति , पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आले ढुंगाड पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV