४ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेशका महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाश मान सिंहले सभापति शेरबहादुर देउवाको कारण पार्टी कमजोर बन्दै गएको बताउनुभएको छ । पार्टीमा अहिलेपनि भनेको समयमा महाधिवेशन हुन्छ र !, भन्नेखखालको अन्यौलता छाएको बताउदै उहाँले ननपोल्टिकल सिस्टमले पाटी नचल्ने बताउनुभएको हो ।

नेता सिंहले पार्टी सभापति देउवाले भएर महाधिवेशन समयमा तोकिएको मितिमा नगर्नु नै विधि र पद्धती मिचेको र सिस्टमले पार्टी नचलाएको कारण पार्टी कमजोर बन्दै गएको बताउनुभएको हो ।

नेपाली कांग्रेश धुनिवेशी नगर पाटी कार्यालय खानिखोलामा रहेको कार्यालय उद्धघाटनको क्रममा उहाँले सो बताउनुभएको हो । महाधिवेशन र चुनावमा मात्र खहरे खोला वन्ने अरु वेलामा सुक्ने परिपाटीको कारण पार्टी कम्जोर भएको बताउदै उहाँले विधि र पद्धतीलाई मिच्दै सभापतीको आफ्नै जिल्लामा समेत नेता कार्यकर्ता वाहेक आफ्ना भन्नेलाई मात्र होटलमा प्रहरीको घेरा वन्दीमा अधिवेशन गरेको आरोप समेत लगाउनुभयो ।

नेपाली कांग्रेश सभापतीका दावेदार समेत रहनु भएका नेता सिंहले प्रजातन्त्रमा आकांक्षी राख्नु सवैको अधिकार रहेको प्रतिक्रिया दिनुभएको थियो । साथै उहाँले, कांग्रेसको विद्यार्थी संगठन देखी विभिन्न पाटीको महत्व पूर्ण काम गर्दै आएका र संविधान जारी गर्दाको समयमा समेत आफ्नो भुमिका रहेको हँदा नेपाली कांग्रेस सक्रिय राजनितिमा रहेको हुदा मेरो दावी रहने स्पष्ट पार्नुभएको छ ।

नेता सिंहले आफ्नो पार्टी नेतृत्वको सरकारले जति काम गर्नु पर्ने हो त्यो गर्न नसकेको उल्लेख गर्नुभएको छ । उहाँले कोरोना महामारीमा जस्तो अवस्थामा भने भ्याक्सिन उपलव्ध गराई जनतालाई राहत दिन भने सफल भएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV