४ कार्तिक २०७८, बिहीबार

हेटौँडा । आज १ बजे भनिएको बागमती प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । स्रोतका अनुसार नेकपा एमालेका सांसदहरु नआएकोले बैठक २ घण्टा पर सारिएको हो । प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक सारिएको जानकारी दिएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको थियो । सत्तारुढ नेकपा एमालेले भने बैठकमा उपस्थित नहुने बतापछि बैठक सारिएको हो । एमालेले ११ गतेसम्मका लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्रसमेत पठाएको छ ।

गत भदौ २ गते शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर तत्कालीन एमालेका १३ जना सांसदहरूले माधवकुमार नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV