४ कार्तिक २०७८, बिहीबार

महेश्वर के.सी.

काठमाडौं । दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ फर्किन थालेका छन् ।

विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।

कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैं मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ। गाउँ गएकाहरु फर्कन थालेसँगै काठमाडौँ उपत्यकामा चहल पहल समेत बढ्न थालेको छ ।

यद्यपी विगतका वर्षमा जस्तो दसैं मनाउन उपत्यका छोड्ने र फर्कनेको संख्या भने न्युन रहेको ट्राफिक प्रहरी र यातायात व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV