४ कार्तिक २०७८, बिहीबार

कालिकोट । आइतबार ददेखिको अविरल वर्षापछि गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेको छ । कर्णाली राजमार्ग अन्र्तगत सुर्खेत जुम्ला सडक खण्डको सुर्खेत देखि कालिकोट सम्म बुधबार पहिरो हटाइ गाडी सुचारु भएका छन् ।

कालिकोट जुम्ला खण्डको पिलीमा ठुलो पहिरो गएकाले तत्काल राजमार्ग खुल्ले अवस्थामा छैन । पिलीमा धेरै ठेलो पहिरो गएको र खुलान प्रर्यास भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले बताउनु भयो ।

बुधबार प्रमुख जिल्ला अधिकारी आर्चाय आफै नेपाली सेना, नेपाल प्रहरी, स्थानीय सहित राजर्माग खुलाउन पिलि पुग्नु भएको थियोे । राजमार्ग अवरुद्ध भएपछि जुम्ला र मुगुका यात्रुहरुलाइ सास्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV