४ कार्तिक २०७८, बिहीबार

फिदिम । मेची राजमर्ग अन्तर्गत इलाम–फिदिम सडकखण्ड अझै सन्चलन हुन सकेको छैन ।

सोमबार साँझदेखि लगातार आएको वर्षाको कारण इलाम फिदिम सडक खण्डमा मत्रै एक सयभन्दा बढी स्थानमा ठाउँमा पहिरो खसेको छ ।

पहिरो बुधबार पन्छ्याउन इलाम तर्फबाट आउने र फिदिम तर्फबाट जाने दुबै तर्फबाट जेसिबी स्काइभेटर परिचलन भइरहेको पाँचथरका जिल्ला अधिकरी पुन्य प्रसाद ढकालले बताउनुभयो ।

दुई वटा स्काइभेटरले पाँचथरतर्फको सडक खुलाउन बुधबार रातभर काम गरेको र फिदिम लालिखर्कदेखि पौवाभन्ज्याङसम्म सडकको पहिरो पन्छ्याएको प्रमुख जिल्ला अधिकरी ढकालले बताउनुभयो ।

अझै रक्से–देउरालीमा सडक पन्छ्याउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । बिहिबार साँझसम्म उक्त सडक पनि सञ्चालनमा आउन सक्ने उहाँले बताउनुभयो ।

मेची रजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु गन्तव्य पुग्न सकेक छैन् । पूर्वी पहाडी जिल्लाबाट झापा, मोरङ, काठमाडौ जाने यत्रुहरु अलपत्र परेका छन् ।

मेची राजमर्ग अन्तगत नै फिदिमको जोरसालम मङल्बार साँझ पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । त्यस्तै पचथरमा पहिरोमा परी २७ जनाको मृत्यु भएको छ भने दुई जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन् ।

LIVE TV