३ कार्तिक २०७८, बुधबार

काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटको वार्मअप खेलमा अस्ट्रेलियालाई भारतले पराजित गरेको छ । बुधबार भएको खेलमा १५३ रनको लक्ष्य पछ्याएको भारतले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो ।

रोहित शर्माको अर्धशतकमा भारतले विश्वकप क्रिकेटअघिको दोस्रो अभ्यास खेलमा अस्ट्रेलियामाथि सहज जित निकाल्न सफल भएको थियो । पहिलो अभ्यास खेलमा अभ्यास खेलमा इङ्ल्यान्डमाथि भारतले ७ विकेटको जित हासिल गरेकाे थियाे ।

रोहितले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए । ओपनर केएल राहुलले ३९ रन, सूर्यकुमार यादवले ३८ रन, हार्दिक पाड्याले १४ रन बनाउन सफल भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले स्टिभ स्मिथको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि मार्कुस स्टोइनिसले ४१ रन बनाउँदा ग्लेन म्याक्सवेलले ३७ रनको योगदान गरेका थिए।

नामिवियाको पहिलो जित
आईसीसी विश्व कप टी २० क्रिकेटअन्तर्गत पहिलो चरणको खेलमा नामिवियाले पहिलो जित हासिल गरेको छ ।

नेदरल्याण्ड्सले दिएको १६५ रनको लक्ष्य पछ्याएको नामिवियाले १९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

नामिवियाका लागि डेविड वेजले अर्धशतत बनाएका थिए । नेदरल्याण्ड्सको लगातार यो दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV